shivadutisecondaryschool@gmail.com 9842803803
Shree Shivaduti Secondary School श्री शिवदुती माध्यमिक विद्यालयShree Shivaduti Secondary School Molung-5, Prapcha, Okhaldhunga स्थापना 1958 AD (2015 B.S)Molung-5, Prapcha, Okhaldhunga Est. 1958 AD (2015 B.S)
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री शिवदुती माध्यमिक विद्यालयShree Shivaduti Secondary School

Introduction of a School
हाम्रो कथाOur story

विद्यालयको परिचयIntroduction of a School

ओखलढुंगा जिल्लाको सदरमुकामवाट पश्चिम पट्टि जिल्लालाई उत्तर पश्चिमवाट करिव दुइ वरावर भागमा वाड्ने शिवदूति (मोलुङ) नामले प्रसिद्ध खोलाको नाम वाट वि.स. २०१५ सालमा यो विद्यालयले शिवदूती प्राथामिक पाठशालाको रुपमा तत्कालिन प्राप्चा गा.वि.स.को देउराली हाल मोलुङ गा.पा.को द्यौरालीमा अनौपचारिक रुपमा जन्म लिएको हो । यस विद्यालयले वि.स. २०१७ वेैसाख १ गते आएर मात्र औपचारीक रुपमा सरकारी मान्यता पाएको यस त्यस वेला विद्यालयको आफ्नो भवन नभएको हुँदा स्थानिय वासीहरुको सक्रियता र सहभागितामा तितेपातीको झुप्रो वनाईस्वर्गिय शिक्षक श्री दुर्गाहरी दाहालले १० जना विद्यार्थीहरुलाई धुलौटो पाटीमा रेखात्मक वर्णहरु सिकाउने कार्य आरम्भ गर्नुभयो । त्यस बेला यस विद्यालयका विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री खडग वहादुर कार्की हुनुहुन्थ्यो । यस विद्यालयलाई तत्कालिन ओखलढुंगाका माननिय श्री पेशल कुमार पोखरेलले गर्नु भएको सहयोगको फलस्वरुप विद्यालयको भवन निर्माण कार्यमा सफल भएको थियो भने निर्माणका लागि स्थनिय जनताहरुको समेत ठूलो सहयोग मिलेको थियो ।   वि.स. २०२२ बैशाख १ गतेवाट तत्कालिन गा.प. प्रधानपञ्च स्वर्गिय श्री नन्दवहादुर सुनुवार, वि.व्या.स. अध्यक्ष स्वर्गिय श्री त्रिलोचन अधिकारी एवं प्र.अ. स्वर्गिय श्री दुर्गाहरी दाहालको सल्लाह सहयोगमा र स्थानिय वासीहरुको सहयोग एवं सहभागितामा देउराली डाँडामा रहेको विद्यालयलाई भदौरे माथिको दाहाल गाउको छेउमा सार्ने काम भयो । त्यस वेला विद्यालयको आफ्नो जग्गा थिएन तर वि.स. २०२२ सालमा आएर मात्र विद्यालयको आफ्नो जग्गा भयो । तत्कालिन अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गिय श्री त्रिलोचन अधिकारीले विद्यालय संचालनको लागि आवाश्यक पर्ने जग्गा निशुल्क प्रदान गर्नु भएको थियो । बि.सं. २०३९साल अगाडि कक्षा १–३ मात्र सञ्चालन भएको यो विद्यालय २०३९साल चैत्र देखि कक्षा १–५सञ्चालन हुँदै वि.सं. २०५० सालमा नि.मा.वि.को रुपमा सञ्चालन भयो । वि.सं.२०५४ सालमा आएर प्रस्तावित मा.वि.को रुपमा सञ्चालन भएको यो विद्यालय वि.सं.२०६६ सालदेखि साबिक उच्च मा.वि.कक्षा बालबिकास देखि कक्षा १२ सम्मको पढाई सुरु भएको थियो । बि.सं. २०७४ देखि प्राबिधिक धार तर्फ कक्षा ९ मा सिभिल इञ्जिनियरिङको पढाइ प्रारम्भ भएको यो बिद्यालयमा २०७८ देखि कक्षा १२ सम्म सिभिल इञ्जिनियरिङ बिषयमा कक्षा सञ्चालन भईरहेको छ ।   ओखलढुंगा जिल्ला सदरमुकामबाट करिब २३ कि.मि. पश्चिममा प्राप्चा गाउँपालिकाको वार्ड नं.५ मा अवस्थित शिबदुति मा.वि.का नामले चिनिने यो विद्यालय २७.३६ डिग्री उत्तरी अक्षांस,८६.१२ पूूर्बी देशान्तरमा र समुन्द्र सतहबाट १३१७ मिटरको उचाइमा रहेको छ ।   बालबिकास देखि कक्षा १२ सम्म साधारण धार र कक्षा ९ देखि कक्षा १२ सम्म प्राबिधिक धार अन्तरगत सिभिल इञ्जिनियरिङ धारमा पठनपाठन हुने यस बिद्यलयमा साबिक प्राथमिक तहमा ९,निमाबि तहमा ३,माबि तहमा ४ ,उमाबि तहमा २,प्राबिधिक धारमा ८,स्वयंसेबक १,निजी १,बाबिके शिक्षक २,कर्मचारी २ गरी कुल ३२ जना शिक्षक कर्मचारी रहेको यस बिद्यालयमा शै.स. २०८२ मा १७४ छात्रा र १६८ छात्र गरी कुल ३४२ जना बिद्यार्थीहरु र चालु शैक्षिक सत्रमा अध्यायनरत छन ।

Based on the Molung (Shivaduti) River-famous for dividing the Okhaldhunga district into nearly two equal halves from north to west on the western side of the district headquarters-this school was informally born in 1958 AD (2015 BS) as Shivaduti Primary School in Deurali of the former Prapcha VDC, currently Deurali of Molung Rural Municipality.

It received formal government recognition only on April 13, 1960 AD (Baisakh 1, 2017 BS). Since the school lacked its own building at that time, local residents actively participated to construct a mugwort (titepati) hut. The late teacher Durga Hari Dahal began teaching linear alphabet characters on dust boards (dhulauto pati) to 10 students. At that time, Mr. Khadga Bahadur Karki served as the School Management Committee Chairperson. As a result of the assistance provided by the then Honorable Peshal Kumar Pokharel of Okhaldhunga, along with significant support from the local community, the school building construction project succeeded.

On April 13, 1965 AD (Baisakh 1, 2022 BS), through the advice, cooperation, and participation of local residents alongside the then Village Panchayat Pradhan Pancha, the late Nanda Bahadur Sunuwar, SMC Chairperson, the late Trilochan Adhikari, and Headmaster, the late Durga Hari Dahal, the school was relocated from Deurali Danda to the edge of Dahal Gaun above Bhadaure. The school did not own land at that time; it acquired its own land later in 1965 AD (2022 BS). The late SMC Chairperson Trilochan Adhikari donated the necessary land free of cost to operate the school.

Location & Geography Located in Ward No. 5 of the former Prapcha VDC, approximately 23 km west of the Okhaldhunga district headquarters, Shivaduti Secondary School sits at 27.36° N latitude, 86.12° E longitude, and an elevation of 1,317 meters above sea level.

Current Demographics & Staffing The school offers general education from Early Childhood Development (ECD) to Grade 12 and a technical stream in Civil Engineering from Grades 9 to 12.

  • Staffing Breakdown: 32 total staff members (9 primary level, 3 lower secondary, 4 secondary, 2 higher secondary, 8 technical stream, 1 volunteer, 1 private source teacher, 2 ECD teachers, and 2 administrative staff).

  • Student Body (2025/2026 Academic Year): 342 total students enrolled in the current academic session (174 female and 168 male students).

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201453706
विद्यालय कोडSchool Code 120380003
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

गुणस्तरीय, व्यावहारिक र प्राविधिक शिक्षाका माध्यमबाट सक्षम, नैतिकवान् र आत्मनिर्भर नागरिक निर्माण गरी समाजको समग्र रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित हुने।
To establish ourselves as a leading educational institution that leads the overall transformation of society by producing competent, ethical, and self-reliant citizens through quality, practical, and technical education.

लक्ष्यMission

समावेशी, प्रविधिमैत्री र सुरक्षित वातावरणमा बालबिकासदेखि माध्यमिक र प्राविधिक (सिभिल इन्जिनियरिङ) तहसम्मको उत्कृष्ट पठनपाठन प्रदान गर्दै विद्यार्थीहरूको बौद्धिक, व्यावहारिक र दक्षतामूलक क्षमताको विकास गर्ने।
To foster students' intellectual, practical, and skill-based potential by delivering excellent education from Early Childhood Development to Secondary and Technical (Civil Engineering) levels within an inclusive, technology-friendly, and safe environment.

मूल्यValues

सामुदायिक सहभागिता र समर्पण:स्थानिय समुदायको योगदान, सहकार्य र अपनत्वलाई उच्च सम्मान गर्दै अघि बढ्ने। गुणस्तर र व्यावहारिक शिक्षा: सैद्धान्तिक ज्ञानका साथै सिभिल इन्जिनियरिङ जस्ता प्राविधिक क्षेत्रमा दक्षता हासिल गराउने। पहुँच योग्यता र समावेशिता: भौगोलिक र सामाजिक अवस्थाको प्रवाह नगरी हरेक बालबालिकालाई शिक्षाको समान अवसर सुनिश्चित गर्ने। निरन्तर प्रगति र नवप्रवर्तन : परम्परागत सिकाइ (झुप्रो र धुलौटो पाटी) बाट सुरु भएको ऐतिहासिक यात्रालाई आधुनिक प्रविधिसँग जोड्दै अघि बढाउने।
Honoring and building upon the strong legacy of local community support, active participation, and collective ownership. Combining theoretical knowledge with hands-on technical skills (Civil Engineering) to prepare students for real-world application. Ensuring equal, accessible, and inclusive educational opportunities for all students regardless of background. Evolving from humble, historic origins to modern, technology-driven educational standards.
इतिहासOur history

विद्यालयको इतिहासSchool History

March 1983

कक्षा १–५ मा स्तरोन्नति गरियो।Upgraded to classes 1–5.

1958

अनौपचारिक रूपमा शिवदूती प्राथमिक विद्यालयका रूपमा स्थापना गरिएको।Informally established as Shivaduti Primary School.

1960

औपचारिक सरकारी मान्यता प्राप्त भयो।Granted formal government recognition.

Pre-1983

कक्षा १ देखि ३ सम्म मात्र सञ्चालन गरियो।Ran classes 1–3 only.

1993

निम्न माध्यमिक तहमा स्तरोन्नति गरियो।Upgraded to Lower Secondary Level.

1997

प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन सुरु गर्‍यो।Began operation as a proposed Secondary School.

2009

उच्च माध्यमिक तह (प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म) मा स्तरोन्नति गरिएको।Upgraded to Higher Secondary level (Early Childhood Development to Grade 12).

2017

कक्षा ९ मा सिभिल इन्जिनियरिङसहितको प्राविधिक धारको सुरुवात गरियो।Launched the technical stream with Civil Engineering in Grade 9.

2021

कक्षा १२ सम्म सिभिल इन्जिनियरिङ कक्षाहरू विस्तार गरियो।Expanded Civil Engineering classes up to Grade 12.

Mr. Ram Kumar Dhakal
प्रधानाध्यापकको सन्देशPrincipal's message

श्री रामकुमार ढकालMr. Ram Kumar Dhakal

मानव जगतलाई बदल्न प्रयोग गर्न सकिने महत्वपूर्ण हतियार शिक्षा हो । शिक्षाको माध्यमबाट मानिसको जीवन चेतनशील अर्थपूर्ण, एवं सरल बनाउन सकिन्छ। शिक्षाको माध्यमबाट मानिस ज्ञानी बन्न सक्छ। उद्यमशील बन्न ,स्व…Education is the most powerful weapon that can be used to change the human world. Through education, human life can be rendered conscious, meaningful and simple. Education empowers an individual to be…

पूरा सन्देश पढ्नुहोस् →Read full message →